२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव निर्वाचित

शुक्रवार , पौष ९, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • जनकपुर, ९ पुस ।
    नेपाली कांग्रेस प्रदेश नम्बर २ को सभापतिमा कृष्ण यादव निर्वाचित भएका छन् । आज बिहान सम्पन्न सभापति पदको मतगणना अनुसार उनी ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ ।

    प्रदेश सभापतिमा निर्वाचित कृष्ण नेपाली कांग्रेस रौतहटका सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

    उपसभापति लगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिए । ६७ पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो । रासस