२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

स्वयंसेवी रक्तदाता समाजको ९१ औं रक्तदान

शनिवार , आश्विन २४, २०७७

बुटवल, २४ असोज ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्लाको ९१ औं नियमित रक्तदान कार्यक्रम शनिबार बुटवलमा सम्पन्न गरेको छ । सत्य श्री साईबाबा सप्लायर्सको सह–आयोजनामा तथा रक्तसंचार सेवा केन्द्र ब्लड बैक बुटवलको प्राविधिक सहयोगमा शनिबार रक्तदान भएको हो । 

कार्यवाहक अध्यक्ष भिष्म के.सी.को अध्यक्षतामा भएको कार्यक्रमको नेपाल स्वस्थ्य अनुसन्धान परिषद लुम्बिनी प्रदेशका डा. प्रशान्त आचार्यले उद्घाटन गर्दै रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रम संयोजक अर्जुन प्रसाद पौडेलले १ सय ५० जना स्वयंसेवी रक्तदाताहरु कार्यक्रममा सहभागि भएको बताए । 

हरेक १६ वर्ष पुरा गरेको स्वास्थ्य युवा रक्तदान गर्न सक्ने भन्दै उनले रक्तदानसंगै जिल्लामा सचेतना कार्यक्रमलाई जोड दिएको बताए । कार्यक्रममा मार्वल टेक्नोप्लाष्ट कम्पनीद्धारा प्रत्येक रक्तदातालाई एक थान सेनिटाईजर तथा सम्मानपत्र सौजन्य गरेको थियो ।