२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य (महिला खुला)को मतपरिणाम सार्वजनिक

सोमवार , पौष ५, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • काठमाडौं, ५ पुस ।
    नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा गत मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला) नौ सिटको मतपरिणाम आज सार्वजनिक भएको छ ।

    मतपरिणाम अनुसार डा. डिला संग्रौला (पन्त) २,८८५, पुष्पा भुसाल २,७१८, डा आरजु राणा देउवा २,५३६, अम्बिका बस्नेत २,३३९, ईश्वरी न्यौपाने २,२५९ मतका साथ निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    यसैगरी सरिता प्रसाईं २,०९६, रमा कोइराला पौडेल १,८५८, शुसीला ढकाल आचार्य १,८०४ तथा रंगमती शाही १,७८९ मत प्राप्त गरी निर्वाचित भएको समितिका सचिव केशव रिजालले जानकारी दिए । पार्टीको विधानअनुसार केन्द्रीय सदस्य (महिला खुला) नौ सिटका लागि भएको निर्वाचनमा ३० जनाले उम्मेदवारी दिएका थिए ।

    महाधिवेशनमा भएको पदाधिकारी र खुला सदस्य लगायतको निर्वाचनको मतपरिणाम यस अघि नै सार्वजनिक भइसकेको छ भने बाँकी मतदानको परिणाम आउने क्रम जारी छ । रासस