
सोमवार , पौष ५, २०७८
भैरहवा, ५ पुस ।
नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मूल इकाई समिति भैरहवा बहुमुखी क्याम्पसको आयोजनामा सोमबारदेखि वृहत खेलकुद कार्यक्रम सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रम पुस ११ गतेसम्म सञ्चालन हुने अखिल (क्रान्तिकारी) मूल इकाई समिति भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष मनिष ढकालले बताए ।
क्याम्पस प्रांगणमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत पहिलो दिन सोमबार मट्का फोड प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक तथा अखिल (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पसका सचिव बिनोद घिमिरेले बताए । मट्का फोड प्रतियोगितामा बी.बी.एस. तेस्रो वर्षमा अध्ययनरत सन्दिप कार्की र बी.एड. प्रथम वर्षमा अध्ययनरत धनोज कुर्मीले मट्का फोड्न सफल भएको घिमिरेले जानकारी दिए । कार्यक्रम अन्तर्गत भलिबल, क्रिकेट, स्लो बाइक रेस, स्लो साइकल रेस, कुर्सी दौड, स्पुन रेस लगायतका खेल हुने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij