२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा शुक्रबार थपिए ११८ जना कोरोना संक्रमित

शुक्रवार , आश्विन २३, २०७७


भैरहवा, २३ असोज । 
रुपन्देहीमा शुक्रबार थप ११८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।  कोरोना पुष्टि हुनेमा ४२ जना महिला र ७६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकाका ६७, सिद्धार्थनगर नगरपालिकाका १६, तिलोत्तमाका १७, देवदहका ५, सैनामैनाका २, कोटहीमाईका ६, मायादेवी, रोहिणी, गैडहवा, सियारी र लुम्बिनी सांस्कृतिक नगरपालिकाका १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ४ सय १६ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

जिल्लामा हालसम्म २ हजार ३ सय ८१ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा १ हजार २ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ३३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।