२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

भैरहवामा आज यसवर्षको सर्वाधिक चिसो महसुस

आइतवार , पौष ४, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, ४ पुस । पश्चिम तराईमा चिसो बढेको छ । हुस्सु/कुहिरो लागेसँगै चिसो बढेको हो । भैरहवास्थित गौतमबुद्ध विमानस्थलको जल तथा मौसम मापन केन्द्रका अनुसार भैरहवामा आइतबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्म सर्वाधिक न्यूनतम तापक्रम मापन गरिएको छ । त्यस्तै शनिबार भैरहवाको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । 

    चिसो बढेसँगै सर्वसाधरणहरु सडक, चोकहरुमा आगोको सहारा लिन थालेका छन् । चिसोले जाडोयामका कपडाको व्यापार समेत बढेको छ । 

    त्यस्तै आइतबार बिहान धनगढीको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस, नेपालगंजको ८ दशमलव शून्य, सिमराको ९ दशमलव शून्य, जनकपुरको ७ दशमलव ५ र विराटनगरको ९ दशमलव शून्य मापन गरिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।