
आइतवार , पौष ४, २०७८
तिलोत्तमा, ४ पुस ।
प्रथम ज्ञानगंगा रनिङ शिल्ड जिल्लास्तरीय छात्र ब्याडमिन्टन प्रतियोगिताको उपाधि दिप बोर्डिङ स्कुल बुटवलले जितेको छ ।
शुक्रवार सम्पन्न खेलमा एभरेस्ट बोर्डिङलाई पराजित गर्दै दिपले उपाधि जितेको हो । उपाधिसगै दिपले नगद ८ हजार सहित, रनिङ शिल्ड, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको एभरेस्ट बोर्डिङ स्कुलले नगद ४ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा न्यू होराइजन स्कुल र ज्ञानगंगा पाठशाला तेस्रो स्थान हात पारे । न्यू होराइजन र ज्ञानगंगाले समान नगद २ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
ज्ञानगंगा पाठशाला तिलोत्तमा ४ ड्राइभरटोलले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा ज्ञानगंगाका विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
ज्ञानगंगा पाठशाला विद्यालय व्यावस्थापन समितिका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता, विद्यालयका प्राचार्य चन्द्र अधिकारीले स्वागत र बाबुराम गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा तिलोत्तमा नगर शिक्षा समितिका अध्यक्ष गंगाराम आचार्य र तिलोत्तमा प्याब्सनका अध्यक्ष के.एन. सागर ज्ञवालिले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई तिलोत्तमा नगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङ, विद्यालयका सञ्चालक ज्ञान प्रसाद ज्ञवाली, विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपाने, प्राचार्य चन्द्र अधिकारी, सह–प्राचार्य केशवराज पन्त लगायतले पुरस्कार प्रदान गर्नुभएको खेल संयोजक मिलन रानाले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij