२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

समाजसेवी गुप्ताले सामुदायिक विद्यालयलाई उपलब्ध गराए स्वास्थ्य सामाग्री

शुक्रवार , आश्विन २३, २०७७

भैरहवा, २३ असोज ।
युवा समाजसेवी अजय कुमार गुप्ताले रुपन्देहीको एक सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छन । उनले मायादेवी गाउँपालिका–७ स्थित श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डे माध्यमिक विद्यालयलाई १ हजार थान मास्क, १० लिटर सेनिटाइजर, १ थान थर्मल गन र २० थान फेस शिल्ड प्रदान गरेका हुन ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थी तथा कार्यरत शिक्षकहरुलाई कोरोनाबाट बच्न केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले शुक्रबार स्वास्थ्य सामाग्री प्रदान गरेको गुप्ताले बताए ।

विद्यालयका प्रधानाध्यापक रविकान्त उपाध्यायले विगत लामो समयदेखि बन्द रहेको सामुदायिक विद्यालयको पठनपाठन केही प्रक्रिया र सावधानी अपनाइ गत हप्तादेखि सञ्चालन गरिएको बताए । उनले समाजसेवी अजय कुमार गुप्ताले सराहनीय कार्य गरेको भन्दै धन्यवाद दिए ।