२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

एकैपटक १२५ शिक्षकको सरुवा

आइतवार , पौष ४, २०७८

वीरगंज, ४ पुस ।
वीरगञ्ज महानगरपालिकाले विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन गरेको छ ।

महानगरपालिका, शैक्षिक प्रशासन महाशाखा अनुसार महानगरपालिकाभित्र सञ्चालित  विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो । महानगरपालिका अन्तर्गत कूल ३२ वडामा प्रावि, निमावि र मावि गरी ९९ सामुदायिक विद्यालयमा करिब ८ सय शिक्षक कार्यरत छन् ।

विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ । रासस