
शुक्रवार , आश्विन २३, २०७७
बुटवल, २३ असोज ।
पाल्पा रिब्दीकोट-१ ख्याहा रुपन्देही सम्पर्क समाजले सामाजिक अभियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले स्थापना कालदेखि नै हरेक वर्ष आयोजना गदै आएको रक्तदान कार्यक्रमलाई कोरोना महामारीको असहज परिस्थितिमा कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष तुल्सी प्रसाद पराजुलीले बताए ।
नेपालीहरुको महान चाड विजया दशमीको शुभ अवसर पारेर समाजले आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको समाजका महासचिव युवराज पराजुलीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij