२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

एसएसएल–२०२१ कप : उपाधि ब्लयाक हकलाई

शनिवार , पौष ३, २०७८

भैरहवा, ३ पुस ।
भैरहवामा सम्पन्न सुपर–सेभन लिग (एसएसएल–२०२१ कप क्रिकेट प्रतियोगिता) को उपाधि ब्लयाक हकले जितेको छ । शनिबार भएको फाइनल खेलमा द राईजिंग–२१ लाई ६ विकेटले पराजित गर्दै ब्लयाक हकले प्रतियोगिताको उपाधि जितेको हो ।

निर्धारित १० ओभरको खेलमा टस जितेर ब्याटिङ रोजेको द राईजिंग-२१ ले ९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनको योगफल बनायो । उसका लागि आकाश यादवले सर्वाधिक ३४ को रनको योगदान गरे ।

बलिङतर्फ विवेक यादव र डा. राहुल यादवले २/२ विकेट लिए । जवाफमा ब्लयाक हकले ६ दशमलव ५ ओभरमा १ विकेटको क्षतिमा ६९ रन बनायो । उसका लागि रिजवान खानले ५० रनको योगदान गरे ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान र म्यान अफ द सिरिज डा. राहुल यादव, बेष्ट बलर आकाश यादव घोषित भएको आयोजकले जनाएका छन् । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको आयोजक डा. धर्मनन्दन यादवले बताए ।

विजेता टिम ब्लयाक हकबाट अमित झा, डा. राहुल यादव, डा. सुरज जैसवाल, विवेक यादव, रिजवान खान, अजित यादव, अबिजित सुर्य, वैद्य रौनियार, विपिन सिंह र विनित पौडेल सहभागि रहेका थिए ।