
शुक्रवार , पौष २, २०७८
बुटवल, २ पुस ।
कालिका मानवज्ञान माविको ६१ औं वार्षिकोत्सवको अवसरमा यसै वर्षदेखि सुरु गरिएको जिल्लास्तरीय कालिका रनिंग शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार सुरु भएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रा छात्र ज्याभलीङ थ्रोको फाइनल भएको छ ।
छात्रातर्फ सेन्ट जिसेफ इंगलिस स्कूलका सौरभ थारु, कालिका मानवज्ञान माविका विशाल पराजुली र न्यु इन्भार्न्मेंट स्कूलका वसन्त गुरुङले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् भने छात्रातर्फ एभरेष्ट इंगलिस बोर्डिङ स्कूलकी छात्रा निशा चौधरी, कालिका मानवज्ञान माविकी तृष्णा मगर र तिलोत्तमा मावि फर्साटिकरकी रिया राना मगर क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
आजै भलिबल खेल अन्तर्गतका छात्र समूहका पहिलो चरणका प्रतिष्पर्धा समेत भएका छन । उक्त प्रतिष्पर्धा सिद्धार्थ बोर्डिङ स्कूल, सेन्ट जोसेफ इंगलिस बोर्डिङ स्कूल, दिप बोर्डिङ स्कूल, कान्ति मावि, सिता मावि, उजिरसिंह मावि र कालिका मानवज्ञान मावि दोस्रो चरणमा प्रवेश गरेका छन।
आजै संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालय अवलोकन गरी विद्यालयले गरेका असल अभ्यासहरुको जानकारी लिनुका साथै कबडी प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
शुक्रबार भएको छात्रातर्फको कबडी प्रतियोगितामा न्यू इन्भार्न्मेन्ट बोर्डिङ स्कूल, शान्ति नमुना मावि, मोतिपुर मावि, कालिका मानवज्ञान मावि, होराइजन गौतमबुद्ध बोर्डिङ स्कूल, नवज्योति बोर्डिङ स्कूल र जनजागृति मावि विजयी भएर दोस्रो चरणमा प्रवेश गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij