२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई कोरोना संक्रमण

शुक्रवार , आश्विन २३, २०७७

बुटवल, २३ असोज ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

शुक्रवार बिहान बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा इमरजेन्सी एक्सपर्ट टेस्टबाट गरिएको परिक्षणमा नतिजा पोजेटिभ आएको केसीका स्वकीय सचिव पवन कुमार कुंवरले बताए । 

‘रुघाखोकी लागेर स्वास्थ्यमा समस्या देखिएपछि उहाँको पीसीआर परीक्षण गरिएको थियो, कुंवरले भने, अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।’ मन्त्री केसीलाई रुघाखोकीबाहेक अन्य कुनै लक्षण नदेखिएको स्वकीय सचिव कुंवरले जनाए ।