
शुक्रवार , पौष २, २०७८
भैरहवा, २ पुस ।
मारवाडी युवा मंच, भैरहवाले शुक्रबार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । मंचले बालबालिकालाई लक्षित गरी पहिलो चरणमा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित दशरथ जनता माध्यमिक विद्यालयका १ सय २५ जना बालबालिकालाई न्यानो कपड़ा वितरण गरेको हो ।
विद्यालयमा पुगेर विद्यार्थीहरुलाई स्वीटर, टोपी, मोजाका साथै बिस्कुट र चाउचाउ पनि वितरण गरिएको मञ्चका अध्यक्ष विनित बेरिवालले बताए । विद्यालयमा कक्षा नर्सरीदेखि १ सम्म अध्ययनरत विद्यार्थीहरुलाई कपडा तथा खानेकुरा वितरण गरिएको वेरिवालले जानकारी दिए ।
विगत १० वर्षदेखि नै मंचले जाडोयाममा न्यानो कपड़ा तथा कम्बल वितरण गर्दै कार्यक्रम संयोजक मनिष अग्रवालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij