२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

पार्टी गतिविधि सेवाभावका साथ जनता समक्ष लैजानुपर्छ : बिजुक्छे

शुक्रवार , पौष २, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भक्तपुर, २ पुस ।
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवा भावका साथ सक्रिय रूपमा लैजान निर्देशन दिएका छन् । बिहीबारदेखि सुरु भएको पार्टीको ३२ औँ केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश संकटमा पर्दै गएको तर्क गरे । 

    बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण भएको बैठकमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जानकारी दिए ।

    बैठकमा कोभिडले निम्त्याएका समस्याका साथै पार्टीको ९ महिनाका गतिविधिको पनि समिक्षा भएको उनले जानकारी दिए । पार्टीको केन्द्रीय परिषद् बैठक पुस २ र ३ गतेसम्म सञ्चालन हुनेछ । रासस