२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

‘मिसेस नेपाल वल्र्ड–२०२१’ को भोटिङ खुला

बिहिवार , पौष १, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • तिलोत्तमा, १ पुस ।
    विवाहित महिलाहरुका लागि आयोजना हुँदै आएको ‘मिसेस नेपाल वल्र्ड–२०२१’ को लागि भोटिङ खुला गरिएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वल्र्ड–२०२१’ को लागि भोटिङ पौष १७ गते मध्याह्न १२ बजेसम्म खुला रहेनछ । 
    मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिष्पर्धाका लागि २४ जना महिलाबीच भिडन्त हुने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुन लागेको यो प्रतिष्पर्धामा रुपन्देहीको भैरहवास्थित लिटल बुद्ध इन्टरनेशनल मन्टेश्वरी स्कूल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रधानाध्यापक उर्मिला उप्रेती शिलवालले समेत प्रतिष्पर्धा गर्दैछिन् । 

    विगत १० वर्षदेखि लिटल बुद्ध इन्टरनेश्नल मन्टेश्वरी स्कूल एण्ड ट्रेनिङ सेन्टरकी संस्थापक प्रधानाध्यापकको रुपमा कार्यरत उर्मिला उप्रेती शिलवाल मन्टेश्वरी एसोसिएसनको उपसभापति समेत हुन् । उनी रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीकी उपसभापति, डोमेस्टिक वर्कर युनाइट नामक गैरसरकारी संस्थाका लागि नेपालकी संयोजकको रुपमा समेत कार्यरत छन् । वि.सं २०७२ मा रुपन्देहीको सिद्धार्थनगरस्थित हेभनली गार्डेन किट्स क्याम्पसले आयोजना गरेको ‘ममी डान्स आइडल’ कार्यक्रमको भियोर्स च्वाइस अवार्ड विजेता समेत हुन् उनी । उर्मिला उप्रेती शिलवाललाई भोट गर्नका लागि आईएमई पे को मोबाइल एप डाउनलोड गरी भोटिङमा गएर कन्टेसटेन्ट नम्बर १७ मा भोट गर्न सकिन्छ । 

    प्रतियोगितामा उर्मिला उप्रेती शिलवालसंगै, उषा रजक, सुजाता अर्याल, रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानिया, जयन्ती राई, विनिता कुइकेल सहभागी छन् । यस्तै, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सुष्टिका दोङ्ग, सोनु मगर ढुंगेल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सिर्जना सुवेदी, निरञ्जना भेटवाल, समीक्षा कार्की र माला सुनारबीच अन्तिम प्रतिष्पर्धा हुनेछ । 

    FB_IMG_1639669013633.jpg

    रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाइज प्राप्त गरेसंगै मिसेस नेपाल वल्र्डका रुपमा हुने प्रतियोगिता अब वाईवाई मिसेस नेपाल वल्र्डका नाममा हुने भएको छ । ‘मिसेस नेपाल वल्र्डसंगै’ सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनल’को उपाधि विजेता पनि चयन गरिनेछ । यो प्रतियोगिताको विजेताले सन् २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछिन् । मिसेस नेपाल इन्टरनेशनलको पाँचौं संस्करण सन् २०१९ मा सम्पन्न भएपनि कोभिड–१९ का कारण २०२० मा स्थगित हुन पुगेको थियो ।