२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कालिका रनिङ शिल्ड प्रतियोगिता सुरु 

बिहिवार , पौष १, २०७८

बुटवल, १ पुस ।

कालिका मानवज्ञान माध्यमिक विद्यालयले प्रथम जिल्लास्तरीय ‘कालिका रनिङ शिल्ड’ प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान,युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले उदघाटन गरे । उदघाटन समारोहमा बोल्दै मन्त्री खाँले कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई भौतिक पूर्वाधारमा आवश्यक बजेट उपलब्ध गराउने बताए । शिक्षा मात्र नभइ खेलकुदमा पनि इतिहास बनाएको कालिकालार्ई आवश्यक श्रोतसाधनको कमी हुन नदिने समेत उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीले विद्यालयमा पूर्वाधारको कमी भएकोले सरकारको ध्यान जानुपर्ने बताए ।  

विद्यालयका प्राचार्य दिनेश थापाले अतिथिहरुलाई स्वागत गर्दे विद्यालयको अवस्थाबारे जानकारी गराएका गराए । उद्घाटन समारोहमा कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, बुटबल उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदम बहादुर थापा नगर, खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष योग गुरुङ, लुम्बिनी खेलकुद परिषदका सदस्य कुष्ण कुमाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयको ६५ औं वार्षिकोत्सवको अवसरमा पुसको १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा रुपन्देही जिल्लाका ३० बढी विद्यालयबाट ५ सय बढी विद्यार्थी  सहभागी भएको बिद्यालयका विद्यालयका खेलकुद शिक्षक हरि ओलीले बताए । प्रतियोगितामा विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 
त्यस्तै प्रतियोगितामा तेस्रो हुनलाई २० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले वताए ।

वार्षिकोत्सवकै अवसरमा विद्यालयमा निर्माण गरिएको प्रदेशस्तरीय छात्रावास भवन उद्घाटन, विद्यालयको भवन शिलान्यास, छात्रवृत्ति वितरण लगायतका कार्यक्रम गरिने विद्यालयले जनाएको छ ।