२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

रेनोल्टको पाँचदिने एक्सचेन्ज अफर सुरु

बिहिवार , पौष १, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल, १ पुस ।
    बुटवलमा रेनोल्टको एक्सचेन्ज अफर सुरु भएको छ । यस क्षेत्रको आधिकारिक विक्रेता जुपिटर ह्विल्स प्रालिले कालिकानगरस्थित शोरुममा पाँच दिने एक्सचेन्ज अफर राखेको हो ।

    बुधबार पत्रकार सम्मेलन गरी प्रालिका संचालक दिपक श्रेष्ठ मंसिर २९ गतेबाट शुरु भएको अफर पुस ४ गतेसम्म चल्ने बताए । त्यसै गरी स्पोट एक्सचेन्ज, विशेष नगद छुट, गिफ्ट हेम्पर, फ्रि चेकअप, फ्रि वास, फुड स्टलको साथमा मनोरञ्जनको समेत व्यवस्था गरिएको उनले बताए । 

    प्रालिका म्यानेजर कृष्ण खड्काले विक्रीपछिको सर्भिस र स्पेयर पार्टको समेत सुविधालाई प्राथमिकता दिएको उनले बताए । शोरुमबाट प्रत्येक वर्ष बजारमा १ सय बढी कार विक्री हुँदै आएको उनले बताए । क्विड, काईगर, ट्राईवर, डष्टर गरि विभिन्न अप्सनका सिटि राईडसंग अफरोड चारपांग्रे सवारीहरु उपलब्ध भएका छन ।

    एडभान्स अटोमोबाईल्सका जेनेरल म्यानेजर अधिर कु श्रेष्ठले रेनोल्टबारे उपभोक्ता प्रमोशन गर्ने लक्ष्यसहित ईभेन्ट चलाइएको बताए । क्विड र ट्राईवडलाई मुख्य ध्यान दिएर ईभेन्ट चलाईएको उनले बताए । यसवर्ष नारायणघाटमा ईभेन्ट सकेर बुटवल, भैरहवा र पोखरामा गरी ४ स्थानमा गर्ने तयारी भएको उनले बताए । शुरुवातबाट नै थ्री एस सुविधालाई ध्यान दिदा उपभोक्तामाझ लोकप्रिय रहेको बताए । 

    कार्यक्रममा प्रालिका सञ्चालक दिनेश श्रेष्ठले बजारमा भित्राउँदा नयाँ ब्राण्डका रुपमा स्थापित गर्न सफल भएको उनले बताए । कार्यक्रममा एडभान्स अटोमोबाईलका सेल्स नेटवर्क हेड विपुल भट्टराई, मार्केटिङ अफिसर निशान्त अधिकारी, रिजनल अफिसर तुफान शाहीले देशभर नै सेवालाई ध्यान दिएको बताए ।