
बिहिवार , आश्विन २२, २०७७
भैरहवा, २२ असोज ।
रुपन्देहीको मायादेवी गाउँपालिकाले असोज २३ गतेदेखि २७ गतेसम्म गाउँकार्यपालिकाको कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द रहने जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मायादेवी गाउँपालिकामा समेत विरामीहरु बढेको र काम गर्न असज परिस्थिति सिर्जना भएकोले सोबाट सुरक्षित रहनको लागि ५ दिनसम्मको लागि सेवा प्रवाह बन्द बन्द रहने गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले बताए ।
‘यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति मायादेवी गाउँपालिका क्षमाप्रार्थी छ, गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी र प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीद्वारा जारी बिहीबार जारी गरिएको सूचनामा उल्लेख छ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij