बुधवार , मंसिर २९, २०७८
काठमाडौँ, २९ मङ्सिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित भएका शेरबहादुर देउवालाई हार्दिक बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नेता पौडेलले आज दिएको बधाई सन्देशमा सबैलाई समेटेर सशक्त र एकतावद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने नै छ भन्दै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
सन्देशमा भनिएको छ, ‘‘एकातिर सात दशक लामो सङ्घर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधानसभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भैसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुबै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकतावद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो ।” रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij