
मंगलवार , मंसिर २८, २०७८
बुटवल, २८ मंसिर ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयमा जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता–२०७८ हुने भएको छ । विद्यालयको ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस १ गतेदेखि ७ गतेसम्म खेल सप्ताह हुने भएको हो ।
मंगलबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरी प्राध्यापक दिनेश थापाले तयारी पूरा भएको बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । त्यसै गरी दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । छात्रछात्रा गरी दुई विधामा गरि कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिने उनले बताए । छात्रछात्रा गरी ज्यावलिङ थ्रो, लङजम्प, भलिबल, कबड्डी तथा एथलेटिक्स ट्याकतर्फ ८ सय, १ हजार ५ सय र ३ हजार मिटर गरी १६ ईभेन्टहरुमा खेल हुने खेल संयोजक हरिश वलीले बताए । कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु ६० जना प्रशिक्षकहरु सहभागी हुनेछन् ।
त्यसै गरी सेक्टर २ रामनगरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता र विज्ञान प्रविधि प्रर्दशनी लगायत समेत हुनेछ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, सल्लाहकार समिति सदस्य घनश्याम पाठक, सदस्य नित्यानन्द ज्ञवाली, सदस्य महेन्द्र थापाले समुदायको सहकार्य र शिक्षक कर्मचारीहरुको मिहिनेतकै कारण नमूना विद्यालय बन्न सफल भएको बताए । विद्यालयमा ८ हजार विद्यार्थी अध्ययरत छन भने शिक्षक र कर्मचारी गरी ३ सय २० जना रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij