२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

उद्यमशिलताको लागि युवा उद्यमी सम्मेलन

मंगलवार , मंसिर २८, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, २८ मंसिर ।
    नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा रुपन्देहीमा पहिलो पटक युवा उद्यमी सम्मेलन आयोजना हुने भएको छ । रुपन्देहीमा यही पुस ३ गते आयोजना हुने युवा उद्यमी सम्मेलनमा देशभबाट युवा उद्यमी हुन चाहने तथा युवा उद्यमीहरुको सहभागीता हुने भएको छ । युवा उद्यमी मञ्ज रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरुको खोजी तथा संभावनाको विषयमा सरकार, युवा र उद्यमशिलताको विषयमा सम्मेलन केन्द्री हुने जानकारी दिएको हो । 

    युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष प्रदिप शाक्यले स्वदेश भित्र नै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि पहिलो पटक रुपन्देहीका यस्तो प्रकृतिको कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । ड्राइभरटोलमा रहेको होटल एसआरमा आयोजना हुने सम्मेलनमा विभिन्न उद्यमहीले आफ्नो प्रस्तुती समेत दिनेछन् भने सरकारीतर्फबाट प्रदेश योजना आयोगको समेत प्रस्तुतीकरण रहनेछ ।

    कार्यक्रम संयोजक सन्देश श्रेष्ठका अनुसार २ सय देखि ३ सय ५० भन्दा बढी युवा उद्यमीहरुको सहभागीता हुने अपेक्षा लिइएको छ । सम्मेलनमा लोट्स होल्डीङ्गका संस्थापक अजित विक्रम शाह, ईसेवा फोनपे प्रालिका अध्यक्ष अग्सर अली, टोलेका संस्थापक शिक्षित भट्ट्, कारखानाका संस्थापक पवित्रा गौतम, कृषि विज्ञ राजेन्द्र देवकोटा, अन्तरप्रेणाका संस्थापक निरज खनाल, थ्री एच म्यानेजमेन्टका सिईयो महोनवाबु कार्की, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य तथा प्रवक्ता डा. दामोद भुसाल, मेघा बैंक लिमिटेड भैरहवा शाखाका प्रबन्धक विप्लबी त्रिपाठी, सिद्धार्थ इन्टरनेशनल कलेजका प्राध्यापक राम प्रसाद खरेल, मेल्टीज बुटवलका प्रविना खनाल, साधना नेपाल इण्डष्ट्रीजका संस्थापक हिमाल बेल्बासे लगायतको विशेष प्रस्तुतीकरण रहनेछ । 

    युवा सम्मेलनबाट खास गरी युवा उद्यमीहरुको बीचमा सम्पर्क सवाल विस्तार, नयाँ आउन लागेका उद्यमीहरुको बीचमा प्रेरणादायी सम्बन्ध विस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतीको विषयमा छुट्टाछुट्टै प्यानल छलफल कार्यक्रम समेत आयोजाना गरिने भएको छ ।