२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

कांग्रेसको १४ औँ महाधिवेशन : देउवा १०८ मतले अगाडि

मंगलवार , मंसिर २८, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २८ मंसिर ।
    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापतिका उम्मेदवारको मत गणना जारी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो मत परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ । उनलाई अर्का प्रत्यासी डा. शेखर कोइरालाले पछ्याइरहेका छन् ।

    राष्ट्रिय सभागृहृमा भइरहेको मतगणनामा हालसम्म एक हजार १०० मत गणना भएको छ । सभापतिमा देउवाले ५२२ मत प्राप्त गरेका छन् भने डा कोइरालाले ४१४ मत ल्याएका छन् । त्यस्तै प्रकाशमान सिंहले १०५, विमलेन्द्र निधिले १०५ र कल्याण गुरुङले ४ मत ल्याएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा चार हजार ६७९ मत खसेको थियो । रासस