२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

अनेरास्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पस बी.एड. प्रथम वर्षमा संगठन विस्तार 

सोमवार , मंसिर २७, २०७८

भैरहवा, २७ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भैरहवा बहुमुखी क्याम्पसमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।  सोमबार शिक्षा संकाय अन्तर्गत स्नातक प्रथम वर्ष (बी.एड.)मा संगठन विस्तार गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए । मनोज यादवको अध्यक्षतामा ४५ सदस्यीय कक्षा कमिटी गठन गरिएको न्यौपानेले जानकारी दिए ।

कमिटीको उपाध्यक्षमा रोशनी यादव, सचिवमा प्रदिप क्षेत्री, सहसचिवमा जमिर तेली, पवन कुमार यादव, सम्झना बुढाथोकी र कोषाध्यक्षमा बीरु क्षेत्री रहेका छन् ।

त्यस्तै सदस्यमा लक्ष्मी यादव, संगिता भर, आरती कलवार, निर्मला आरख, चन्द्रा यादव, पुनम मगर, गोमा वि.क., सर्वेन्द्रनाथ पाल, विद्याशंकर यादव, सरिता कोइरी, सीमाना न्यौपाने, प्रिती अर्याल, जितेन्द्र कुमार यादव, सन्जु यादव, रन्जु यादव, श्रवण मल्लाह, कृष्ण यादव, पुनम कुमारी यादव, सुनम गिरी, प्रवेश भण्डारी, शिला मगर, अमन वि.क., विपना बस्नेत, कुमारी यादव, किरन कुर्मी, जोगमाया चौधरी, सिर्जना मल्लाह, निरमाया थारु, नुरैसा खातुन, अनुष्का यादव, रेखा हरिजा, सीता यादव, अकलेश बरई, अन्जुली मल्लाह, मनोज कुर्मी, सिता कुर्मी, रीमा जयसवाल र सीमा यादव रहेका छन् ।

संगठन विस्तार कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरी, अनेरास्ववियु रुपन्देही जिल्ला सह–सचिव भिम भण्डारी, भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपाने, नेकपा (एमाले) सिद्धार्थनगर कमिटी सदस्य आयुश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।