२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

कांग्रेसभित्र सामूहिक नेतृत्वका लागि मेरो उम्मेदवारी : डा. शेखर कोइराला

आइतवार , मंसिर २६, २०७८

काठमाडौं, २६ मंसिर ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसभित्र सामूहिक नेतृत्वका लागि सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उनले आज साँझ पत्रकार सम्मेलन गरी पार्टीभित्र सामूहिक नेतृत्वका लागि आफ्नो समूहले उम्मेदवारी दिएको स्पष्ट पारेका हुन् । 

“पार्टीभित्र भ्रातृ तथा शुभेच्छुक संस्थालाई सुदृढ र जिम्मेवार बनाउन तथा गतिशील एवम् ऊर्जाशील कांग्रेस निर्माणका लागि उम्मेदवारी प्रस्तुत गरेका हाँै,” कोइरालाले भने । उनले पार्टीलाई जवाफदेही र पारदर्शी बनाउनका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे । पार्टीभित्रको गुट, उपगुट र भागबन्डामा नलाग्न कार्यकर्तालाई कोइरालाले आग्रह समेत गरे । 

“पार्टी जनताप्रति उत्तरदायी हुनुप¥यो, सरकार र गठबन्धनलाई अझै मजबुद बनाउनतर्फ हाम्रो नेतृत्व लाग्नेछ, विगतको इतिहासलाई सम्झेर हामीलाई विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौँ,” उनले भने । पार्टीभित्रका अनुभवी नेताको अनुभवलाई लिएर अगाडि बढ्ने कोइरालाको भनाइ थियो ।  

उपसभापतिका उम्मेदवार डा. चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार गगन कुमार थापा लगायतले सोमबार हुने निर्वाचनमा कांग्रेसलाई विजयी गराउनका लागि सबैलाई समेट्ने र कांग्रेस निर्माण गर्ने बताएका थिए । रासस