२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

आइतवार , मंसिर २६, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, २६ मंसिर ।
    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा छन् ।
    उनी आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त भएका छन् ।

    कांग्रेसको सभापतिमा उम्मेदवारी दिएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि मागेका थिए ।

    त्यसपछि उनले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका बारेमा सोधपुछ गरेका थिए । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उनले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरुसँग सोधेका थिए । 

    उनले काठमाडौँमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिएका थिए । उनले आज बिहानको खाना पनि भृकुटीमण्डमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर लिएका थिए । रासस