२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

अनेरास्ववियुद्वारा भैरहवा बहुमुखी क्याम्पस बीबीएस प्रथम वर्षमा संगठन विस्तार

आइतवार , मंसिर २६, २०७८

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २६ मंसिर ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भैरहवा बहुमुखी क्याम्पसमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । आइतबार व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह प्रथम वर्ष (बी.बी.एस.प्रथम वर्ष सेक्सन बी) मा संगठन विस्तार गरिएको अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपानेले बताए ।

    जुबेर खानको अध्यक्षतामा ३९ सदस्यीय कक्षा कमिटी गठन गरिएको न्यौपानेले जानकार दिए । कमिटीको उपाध्यक्षमा सुनिल कुमार सहानी, कौशलेन्द्र मिश्रा, सचिवमा संजय यादव, सह–सचिवमा विरेन्द्र यादव, रितिका निसाद र कोषाध्यक्षमा बासुदेव यादव रहेका छन् ।

    त्यस्तै संगठन विभाग प्रमुखमा सिम्रन गुरुङ, सदस्यहरुमा नसिम खान, सिर्जना शेरचन, मणिराम यादव, राम प्रसाद यादव, कविता चौधरी, राहुल सापकोटा, दिक्षा पन्थी, सपना कार्की, विनिता चौधरी, रमेश यादव, आशिष न्यौपाने, आशिष पौडेल, सुनिता जि.सी., प्रविन गुप्ता, अबरार हुसेन शाह, शिव कुमार हरिजन, अन्जु चौधरी, सुमन कुमारी चौधरी, सम्झना कुमारी चौधरी, नेहा चौधरी, सुंधासु कर्ण, सन्देश सुनार, अलिशा दवाडी, अनुपा मल्ल, अनिता केवट, महाविर सहानी, गोविन्द यादव, सुनिल गुप्ता, आकाश मौर्या र अजय केवट रहेका छन् ।

    संगठन विस्तार कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरी, रुपन्देही जिल्ला सदस्य विवेक भण्डारी, अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष सागर न्यौपाने, सचिव आशिष पन्त लगायतको उपस्थिति रहेको थियो ।