
आइतवार , मंसिर २६, २०७८
काठमाण्डौं, २६ मंसिर ।
कपिलवस्तुका नेता अकिल मिया यतिबेला काठमाण्डौंमा भोट माग्न व्यस्त छन् । ३० वर्षदेखि जिल्लामा रहेर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका मिया अहिले केन्द्रीय राजनीतितर्फको यात्रा अघि बढाएका हुन ।
शनिबार उम्मेदवारी दर्ता गरेपछि मिया भोट माग्न व्यस्त देखिन्छन । कांग्रेसको १४ औं महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधि हुँदै अहिले मुस्लिमतर्फबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका हुन् ।
जिल्लामा पुर्व क्षेत्रीय सभापति समेत रहेका मिया वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मानिन्छन् । अहिले शेखर कोइरालाको पक्षबाट मियाले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गरेपछि मिया महाधिवेशन प्रतिनिधिहरुसंग भेटेर आफ्नो एजेण्डा प्रस्तुत गर्दै, भोट माग्न व्यस्त छन ।
सानै उमेरवाट राजनीतिक यात्रा सुरु गरेका उनी जिल्लामा सधैं चर्चामा रहँदै आएका पात्र हुन् । राजनीति मात्र होइन उनी सामाजिक क्षेत्रमा पनि सक्रिय भूमिका रहँदा आम कपिलवस्तुबासीको मन जित्न सफल भए ।
जनता र पार्टीको मन जित्दै जिल्लामा कांग्रेसको सगठन बलियो बनाउँदै आएका उनी युवाहरुको माझ बढी लोकप्रिय छन् । कपिलवस्तुको कृष्णनगर बस्ने मिया आफूलाई महाधिवेशन प्रतिनिधिहरुले विजयी बनाउने विश्वास राख्छन ।
गुट उपगुट अन्त्य गरेर एउटा सिंगो कांग्रेस पार्टी निर्माण गर्ने अभियान स्वरुप आफूले उम्मेदवारी दिएको बताउँदै उनले त्यसका लागि आफूलाई केन्द्रीय सदस्यमा जिताउन महाअधिवेशन प्रतिनिधिहरुसंग अपिल गरेका छन् ।
लामो समयदेखि कपिलवस्तु लगायत अन्य जिल्लाका नेता कार्यकर्तासँग राम्रो सम्बन्ध बनाएका मियाले देशमा कांग्रेसका एजेण्डाहरु स्थापित गराउँदै आगामी निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । प्रभावशाली नेता मियाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरुसँगै जिल्लावासी उत्साहित छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij