२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

बंगलादेशमा पनि भेटियो ओमिक्रोन भाइरस

आइतवार , मंसिर २६, २०७८

ढाका, २६ मंसिर । 
बंगलादेशमा  पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका संक्रमित भेटिएका जनाएको छ । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो कुराका जानकारी दिएका हुन् । उनले दुई जनामा यो संक्रमण पाइएको जानकारी दिए ।

उनका अनुसार यहाँको क्रिकेट टिमका २ जना क्रिकेटरमा सो संक्रमण भेटिएको जनाएको छ । स्वास्थ्यमन्त्री मलेकले ती दुई जना खेलाडी हालै जिम्बावेबाट आएका थिए । उनीहरुको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको हो । यसअघि भारतका नयाँ दिल्ली र कर्नाटक राज्यका केही नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो ।

भारतमा सुरुका भेटिएका संक्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो । यो ओमिक्रोन भेरियन्ट विश्वका कैयौँ मुलुकमा फैलिएको छ । (रासस/सिन्ह्वा)