images

आइतवार, बैशाख २३ गते २०८१

७५ वटा ढुवानीका साधन हस्तान्तरण 

७५ वटा ढुवानीका साधन हस्तान्तरण 

images
images
images
बुधवार, मंसिर २२ २०७८
बुधवार, मंसिर २२ २०७८
  • ७५ वटा ढुवानीका साधन हस्तान्तरण 

    बुटवल, २२ मंसिर । 
    कृषि र पशुजन्य उत्पादनको बजार प्रबद्र्धन गर्ने उद्देश्यका साथ नेपालका विभिन्न ७५ वटा सहकारी संस्थालाई ढुवानीको साधन वितरण गरिएको छ । ग्रामीण किसानहरुको कृषि तथा पशुजन्य उत्पादनलाई शहरसम्म पुर्याउन सहयोग पुर्याई स्वरोजगार किसानको आयमा वृद्धि गरी उनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ती ढुवानीका साधन वितरण गरिएको हो । 

    images
    images
    images

    बुधबार रुपन्देहीमा आयोजित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ती ढुवानीका साधन सम्बन्धित सहकारीका प्रतिनिधिहरुलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचनले कृषि क्षेत्रको बिकासबाट मात्रै समृद्धिको यात्रा तय हुने भन्दे प्राप्त साधनको सदुपयोग गर्दै अघि बढ्न आग्रह गरे । किसानहरुको दिगो विकासमा अग्रणी भुमिका खेल्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर ईन्टरनेशनलको सहयोगमा ती ढुवानीका साधनहरु हस्तान्तरण गरिएको हेफर नेपालका कार्यक्रम प्रबन्धक अनन्त शिलवालले बताए ।

    पहिलो चरणमा २८ वटा र दोस्रो चरणमा ४७ गरी कुल ७५ वटा ढुवानीका साधन हेफर ईन्टरनेशलनको ५० प्रतिशत आर्थिक सहयोगमा उपलब्ध गराइएको प्रबन्धक शिलवालले जानकारी दिए । ती सवारीसाधन पाउनेहरुमा प्रदेश १ का ४ वटा, प्रदेश २ का २ वटा, बाग्मती प्रदेशका ९ वटा, गण्डकी प्रदेशका ९ वटा, लुम्बिनी प्रदेशका १८ वटा र कर्णाली प्रदेशका ५ वटा रहेका छन । यसबाट ७५ वटा सहकारीमा आबद्ध ४५ हजार भन्दा बढी किसानहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने र यसबाट बार्षिक ८२ करोडको कृषि उपजको बजारीकरणमा टेवा पुर्याउने लक्ष्य राखिएको हेफर इन्टरनेशनलले जनाएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij