२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको घोषणा

बुधवार , मंसिर २२, २०७८

भैरहवा, २२ मंसिर ।
नेपाली कांग्रेस रुपन्देहीका निवर्तमान जिल्ला सभापति अब्दुल रज्जाकले आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफूले उम्मेदवारी दिने भएका छन् । पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री समेत रहेका नेता रज्जाकले एजेण्डा सार्वजनिक गर्दै केन्द्रीय सदस्यमा (मुस्लिमतर्फ) आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।

संक्षिप्त घोषणा पत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रुपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको उनले उल्लेख गरेका हुन् ।

जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरुप हिमाल, पहाड, तराई-मधेश, पश्चिमदेखि पुर्वका सबै जनताको भावनात्मक रुपमा जोड्न पनि उम्मेदवार बन्न लागेको रज्जाकले बताए । संस्थापन पक्षका रज्जाकले दुई कार्यकाल कांग्रेस रुपन्देही जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।