२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

नियमनकारी निकायले सन्तोषजनक काम नगर्दा आश्चर्यचकित छौं : यातायात मजदुर संगठन

मंगलवार , मंसिर २१, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, २१ मंसिर ।
    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कार्यालय, बुटवलले विद्युतीय रिक्साहरुको विषयमा नियमनकारी निकायले सन्तोषजनक काम नगरेका कारण आश्चर्यचकित भएको जनाएको छ । बुटवल उपमहानगरपालिका शहरभित्र सञ्चालन भइरहेका विद्युतीय रिक्साहरुको सञ्चालन, व्यवस्थापन र नियमनका लागि बुटवल उपमहानगरपालिकाको आयोजनामा कात्तिक १२ गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाहरुको सर्वपक्षीय बैठक बसी विभिन्न निर्णय भए पनि ती निर्णयहरुको कार्यान्यवनका लागि कात्तिक १५ गतेको पत्र सम्बन्धमा हालसम्म पनि सन्तोषजनक काम हुन नसकेको बताएको छ ।
    संगठनले बुटवल उपमहानगरपालिकामा भएको सर्वपक्षीय बैठकको निर्णय यथाशिघ्र कार्यान्वयन गराइदिन माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सवारी तथा यातायात सेवा सञ्चालन गर्न नहुने र सो को परिच्छेद–६ को दफा ७५ अनुसार बाटो इजाजतपत्र दिन इन्कार गर्न सकिने जस्ता अधिकार दिदा समेत अनुगमन तथा नियमनकारी निकायले सन्तोषजनक काम नगर्दा आश्चर्यचकित भएको बताएको छ ।

    संगठनका अध्यक्ष कृष्ण प्रसाद कंडेलले ई–रिक्साको व्यवस्थापनको सन्दर्भमा बुटवल उपमहानगरपालिकामा आबद्ध भएकालाई कार्यान्यवन/व्यवस्थापनमा जानुपर्ने बताए । उनले भने, ‘कसैले कर तिरेका छन्, कसैले तिरेका छैनन्, कसैको ब्लुबुक छैन, लाइसेन्स छैन, पटकपटक आन्दोलन गर्यौं, बैठक पनि बस्यो, बैठकको निर्णय कार्यान्यवनमा समस्या देखिएका छन् । ’राज्यको नीति अनुसार विद्युतीय रिक्सासंग रोड परमिट, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), बीमा हुनुपर्ने बताए ।

    ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी मरासेनीले व्यवस्थित नभएको कुरा आइरहेको भन्ने सम्बन्धमा स्थानीय तहसंग समन्वय गरिने आश्वासन दिए ।