२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

सोमवार , मंसिर २०, २०७८

काठमाडौं, २० मंसिर ।
नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा भने संक्रमण देखिएको छैन । 

स्वास्थ्य सचिव डा. पोखरेलले ओमिक्रोन भाइरस देखिएकाले भिडभाड नगर्न र स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरे । यसअघि भारतमा पनि ओमिक्रोन भेरियन्ट देखिएको थियो । रासस