२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

माओवादी केन्द्र सिद्धार्थनगरको अध्यक्षमा नारायण हमाल

सोमवार , मंसिर २०, २०७८

भैरहवा, २० मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धार्थनगरको अध्यक्षमा नारायण बहादुर हमाल निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न दोस्रो नगर सम्मेलनले हमालको अध्यक्षतामा ५९ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा मेराज खान, कमला थापा, ध्रुव लामगादे र सचिवमा केशव कुंवर निर्वाचित हुनुभएको माओवादी केन्द्र रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन)ले बताए । त्यस्तै कोषाध्यक्षमा डम्बर बहादुर खत्री र सह–सचिवमा दिलिप कुमार प्रजापति निर्वाचित भएका छन् ।

सम्मेलनको शनिबार माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले उद्घाटन गरेका थिए ।