२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

काग्रेस महाधिबेशन : लुम्बिनीमा पुनको अग्रता कायमै 

आइतवार , मंसिर १९, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा। नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिका लागि भएको निर्वाचनअन्तर्गत जारी मतगणनामा अमरसिंह पुनले अग्रता कायमै राखेका छन्। 

    ७ सय ८२ मत गणना हुँदा संस्थापन इतर (पौडेल) पक्षबाट सभापतिका उम्मेदवार पुन ८९ मतका साथ अग्रता कायमै राखेका छन्। केहि समयसम्म ७८ मतले अगाडि रहेका पुनले फेरी अग्रतालाई फराकिलो बनाएका छन्। 

    पुनले ३६५ मत ल्याएका छन्। पार्टि सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार भरत शाहले २५८ मत प्राप्त गरेका छन्। 

    १४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो। पुन सहित उनको समुहले नै अग्रता कायम गरेको छ।