२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

लुम्बिनीमा २ सय मत गन्दा सस्थापन ईतरका पुनको अग्रता

आइतवार , मंसिर १९, २०७८

  • 3.8K
    Shares
  • 3.8K
    Shares
  • बुटवल । नेपाली काङ्ग्रेसको लुम्बिनी अधिवेशनमा गएराती देखि मतगणना जारी छ । समाचार तयार पार्दासम्म २ सय मत गनिएको छ। अहिलेसम्म सस्थापन ईतरका अमर पुनले ११८मतसहित अग्रता लिएका छन भने सस्थापन पक्षाका भरत शाहको ८१ मत छ।

    पदाधिकारी, जिल्लागत तथा अन्य सदस्यहरु पनि  सस्थापन ईतर समुहको प्यानलका सदस्यहरु अगाडि रहेका छन। शनिबार बिहान ११ बजेदेखि भैरहवा स्थित महेन्द्र सभा गृहमा सुरु भएको मतदान साँझ करिव ६ बजे सकिएको थियो । ६ बजे नै मतदान सकिएपनि गणना भने ढिला गरि करिव १२ बजेतिर सुरु भएको हो । महेन्द्र सभा गृहमा आईतबारलाई ठाउँ नपाइएका कारण गणना गर्ने ठाउँ सार्दा केही ढिलाई भएको निर्वाचन समितिले बताएको छ ।

    मतदानमा कुल १ हजार ६३१ मत खसेको थियो । लुम्बिनी प्रदेह अधिवेशनमा १ हजार ६४८ मतदाता थिए ।मतदानमा नेतृत्व लिनको लागि ५१ प्रतिशत अर्थात ८ सय ३२ मत ल्याउनु पर्ने छ।

    प्रदेशको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको समुहबाट भरतकुमार शाह र देउवा ईतर समुहबाट अमरसिंह पुनको नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन् ।