२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

काँग्रेस महाधिवेशन : लुम्बिनीमा १६ सय ३१ मत खस्यो

शनिवार , मंसिर १८, २०७८

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सकिएको छ। नयाँ नेतृत्व चयनका लागि बिहान सवा १० बजेबाट शुरु भएको मतदान बेलुका ६ बजे सम्पन्न भएको थियो। 

    लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा गृहमन्त्री बालकृष्ण खाँणले पहिलो मतदान गरेका थिए।  कुल १ हजार ६ सय ७० मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ सय ३१ मत खसेको निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए। 

    भैरहवास्थित महेन्द्र सभागृहमा निर्वाचनमा १६ सय ३१ मत खसेको समितिका संयोजक थापाले जानकारी दिए। लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका थिए।

    संस्थापन पक्षबाट संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाह र संस्थापनइतरबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका थिए।