२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

काग्रेस महाधिबेशन: लुम्बिनीमा साढे ५ बजेसम्ममा १६ सय मत खस्यो 

शनिवार , मंसिर १८, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा। नेपाली काग्रेसको १४औं महाधिबेशन अन्तरगत लुम्बिनी प्रदेशका लागि भएको निर्वाचनमा १६ सयले मतदान गरेका छन्। १६ सय ४८ मतदाता रहेको लुम्बिनी प्रदेशमा साझ साढे ५ बजेसम्म १६ सय  मत खसेकोे निर्वाचन समितिका संयोजक डा. बुद्धबहादुर थापाले जानकारी दिए। 

    प्रदेश अधिबशेनमा नयाँ नेतृत्व चयनका लागि काग्रेसको केन्द्रिय सदस्यहरु बालकृष्ण खांण, डा. चन्द्र भण्डारी, दिपक गिरी, देवेन्द्रराज कणेंलले मतदान गरिसकेका छन्। 

    भैरहवास्थित महेन्द्र सभागृहमा जारी प्रदेश अधिबेशन अन्तरगत मतदान कार्य चलिरहेको छ। बिहान सवा १० बजेबाट मतदान शुरु भएको थियो। 
    लुम्बिनी प्रदेशमा सस्थापन र सस्थापन इतर दुबै समुहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्। 

    सस्थापन समुहबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल तयार भएको छ भने सस्थापन ईतरबाट संबिधानसभा सदस्य, रोल्पाका निर्वतमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यान खडा भएको छ। 
    लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा दुवै पक्षवीच कडा प्रतिस्पर्धा छ। १२ जिल्ला रहेको रहेको लुम्बिनी प्रदेशमा ९ जिल्ला सभापतिले पुनलाई समर्थन गरेका छन्। बाँकी २ जिल्लाका सभापतिले शाहलाई सर्मथन गरेका छन्। बर्दियामा निर्वाचन भएको छैन्।