२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

भैरहवामा सयौंको संख्यामा नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

बुधवार , मंसिर १५, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, १५ मंसिर ।
    रुपन्देहीमा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । मंगलबार भैरहवामा आयोजित कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेको पार्टीका रुपन्देही क्षेत्र नम्बर ३ इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन)ले बताए ।

    प्रवेश गर्नेहरुमा अखिलेश मिश्रा (भोलु), विमल कुमार पाठक, इस्तियाक अहमद लगायत रहेका छन् । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पार्टीका लुम्बिनी प्रदेश इञ्चार्ज एवं पूर्वमन्त्री चक्रपाणि खनाल (बलदेव), लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सी., पार्टीका केन्द्रीय नेता डिलाराम आचार्य लगायतले पार्टीमा प्रवेश गराए ।

    261420421_6371085346295103_1456896805659770337_n.jpg

    अखिलेश मिश्रा (भोलु) को अध्यक्षता, विमल कुमार पाठकको स्वागत तथा पंकज मिश्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।