२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

चुनाव लाग्यो, धाँधलीरहित बनाउन लाग्दैछौं : प्रचण्ड

मंगलवार , मंसिर १४, २०७८

बुटवल, १४ मंसिर ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुले अहिले आयोजना गरेको सम्मेलन र महाधिवेशन आउने निर्वाचनको तयारी जस्तो देखिएको बताएका छन् । मंगलबार विभिन्न कार्यक्रमका लागि रुपन्देही आएका प्रचण्डले देशमा निर्वाचनको माहोल बन्दै गएको बताए ।

उनले देशमा चुनावको माहोल बन्दै गएको र लोकतन्त्रको लागि चुनाव आवश्यकता रहेकोमा जोड दिए । चुनाव स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले सञ्चालन हुनुपर्नेमा प्रचण्डले जोड दिए । 

‘मुलुक चुनावतिर गइसकेको संकेत दलका महाधिवेशनहरूका गतिविधिले गरिरहेका छन्,’ उनले भने, ‘चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन दलहरूबीच आपसी समझदारी र सहकार्य जरूरी छ।’

उनले राजनीतिक दलहरुको आपसी समझारी र सहकार्यसहित मुलुकमा राजनीतिक स्थायीत्व बनाउँदै देशलाई समृद्धितर्फ लैजान आवश्यकता रहेकोमा जोड दिए । 

संविधान निर्माण गर्दा समाजवाद उन्मुख राज्य परिकल्पना गरेको अध्यक्ष प्रचण्डले बताउँदै समावेशी समानुपातिक मान्यतालाई साँचो अर्थमा लागू गर्नको लागि सबैले मिहिनेत गर्न आवश्यकता रहेको बताए ।