२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने सन्तराम चौधरीको घोषणा

आइतवार , मंसिर १२, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १२ मंसिर ।
    नेपाली कांग्रेसका नेता तथा थारु अगुवा सन्तराम चौधरीले लुम्बिनी प्रदेश महामन्त्रीमा आफूले उम्मेदवारी घोषणा गरेका छन्  ।

    नेपाली कांंग्रेसको १४ औं महाधिवेशनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट अत्याधिक मतसहित केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित चौधरीले यही मंसिर १६ र १७ गते हुने लुम्बिनी प्रदेश महाधिवेशनमा महामन्त्रीको लागि उम्मेदवारी घोषणा गरेका हुन् । 

    हिमाल, पहाड र तराई–मधेश जोड्नको लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए । चौधरी संस्थापन पक्षका नेता हुन । उनी थारु संघ रुपन्देहीको अध्यक्ष र तरुण विभागका केन्द्रिय सल्लाहकार समेत हुन् ।