२०८३, बैशाख २३ गते

May 06 2026 | २०८३, बैशाख २३ गते

कांग्रेस रुपन्देही जिल्ला सदस्यमा युवा नेता इसरार निर्विरोध निर्वाचित

आइतवार , मंसिर १२, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १२ मंसिर ।
    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनबाट २८ वर्षिय युवा इसरार अहमद निर्विरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेस रुपन्देहीका निवर्तमान सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीका माइला छोरा समेत रहेका इसरार जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । उनी रोहिणी गाउँपालिकाबाट खुल्लातर्फ जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।

    अहमद रोहिणी गाउँपालिका वडा नम्बर ६ बाट क्षेत्रीय प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका थिए । विभिन्न संघ–संस्थामा समेत क्रियाशिल अहमद भन्छन्, ‘सम्पूर्ण पार्टी पंक्तिले मलाई विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुभएको छ, यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु ।’

    त्यस्तै कांग्रेस जिल्ला सभापतिमा संस्थापन समूह शेर बहादुर देउवा पक्षका रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । उनी गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ समेत हुन् । यस अघि रामकृष्ण खाँण जिल्ला सचिव थिए ।
    त्यस्तै उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै उपसभापतिमा डा. अनिता ढुंगाना शाह निर्विरोध निर्वाचित भएकी छन् । अनिता प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहकी श्रीमती हुन् । सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सह–सचिवमा विष्णु थापा र बासुदेव रिमाल निर्विरोध निर्वाचित भएका छन् । काफ्ले र रिमाल पूर्व राज्यमन्त्री अब्दुल रज्जाक निकट मानिन्छन् । रज्जाक कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका थिए ।