images

शुक्रवार, चैत्र १६ गते २०८०

पाल्पा कांग्रेस सभापतिमा श्रेष्ठ विजयी

पाल्पा कांग्रेस सभापतिमा श्रेष्ठ विजयी

images
images
images
शनिवार, मंसिर ११ २०७८
शनिवार, मंसिर ११ २०७८
  • पाल्पा कांग्रेस सभापतिमा श्रेष्ठ विजयी

    रामपुर (पाल्पा), ११ मंसिर ।
    नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी भएका छन् । श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका छन् । त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी भएका छन् भने प्रतिष्पर्धी माधव नेपालले ५४३ र शंकर खनालले ३६४ मत पाएका छन् ।

    images
    images
    images

    सचिव पदमा सन्तोष थापा मगरले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याई विजयी हासिल गरेका छन् । उनका प्रतिष्पर्धी हुमनाथ न्यौपानेले ३८२ र रमा पन्तले ४५५ मत पाएका छन् ।  शुक्रबार भएको निर्वाचनमा दुई सह–सचिवमा विष्णुकुमार थापाले ७४३ र हमिद अलिमियाँले ६४१ मत ल्याई विजयी भएका छन् ।

    कूल मतदाता सङ्ख्या एक हजार ३८६ मध्ये निर्वाचनमा एक हजार ३१३ मत खसेको थियो । रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij