२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित

शनिवार , मंसिर ११, २०७८

भैरहवा, ११ मंसिर ।
नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए ।

खाँण संस्थापन समूहका हुन् । गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सहोदर भाइ समेत रहेका खाँणले यसअघि जिल्ला सचिवको जिम्मेवारी सम्हालेका थिए । कतिपय वडादेखि क्षेत्रसम्म दुई समूहमा प्रतिष्पर्धा भएको रुपन्देहीमा जिल्लाको नेतृत्व भने सर्वसम्मत गराउने विषयमा गृहमन्त्री खाँण आफै अगाडी सरेर सहमति जुटाएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेर निर्विरोध गराएका हुन् ।

उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता ढुंगाना शाह निर्विरोध निर्वाचित भएका छन् । 

सचिवमा हरि प्रसाद काफ्ले र परमानन्द भट्टराई तथा सह–सचिवमा बासुदेव रिमाल र विष्णु थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

सभापतिमा निर्वाचित खांणले कांग्रेसलाई अझ गतिशिल, चलायमान र ठूलो पार्टी बनाउन लागिपर्ने बताए । उनले भने, ‘कार्यकर्तालाई कसरी उत्साहित बनाउन सकिन्छ त्यसैमा ध्यान पुर्याउँछु ।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही जिल्ला अधिवेशनबाट सभापति, पदाधिकारीका साथै जिल्ला सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस जिल्ला सदस्यमा रोहिणी गाउँपालिकाबाट प्रमिला नाउँ, इसरार अहमद, ओमसतियाबाट रेखा कार्की, तोलाकान्त बस्याल, सियारीबाट तारा चौधरी थारु, मिननाथ शर्मा, मर्चवारीबाट मालतीदेवी सिंह, राजकुमार चौधरी कुर्मी, कोटहीमाईबाट ममता तेली, चन्द्रभान यादव अहिर, सम्मरीमाईबाट सीता बरई, विरेन्द्र कुमार यादव, मायादेवीबाट रिता चौधरी, जगदम्बा प्रसाद चौधरी, शुद्धोधनबाट रामेश्वरी सिंह, कृष्ण बहादुर विष्ट, कञ्चनबाट अमृता ढकाल, नवराज ढकाल, गैडहवा गाउँपालिकाबाट पार्वती सुनार र निसार मुसलमान निर्वाचित भएका छन् ।

त्यस्तै तिलोत्तमा नगरपालिकाबाट सुष्मा हमाल, खिम बहादुर क्षेत्री, राजकुमार वाग्ले, देवदह नगरपालिकाबाट गंगा कुमारी काफ्ले, डिल्लीराज मरासिनी, अमर बहादुर चौधरी, लुम्बिनी सांस्कृतिकबाट रिना सापकोटा, रुद्रनारायण चौधरी कुर्मी, प्रकाश गुप्ता, सिद्धार्थनगरबाट कविता लम्साल, मोहम्मद सलीम, सतिस कुमार चौधरी, सैनामैनाबाट सीता पोखरेल, जीवनबन्धु सिवानी, इन्द्र बहादुर जि.सी. र बुटवल उपमहानगरपालिकाबाट जमुना पौडेल, राधा ज्ञवाली, नरेश कुमार श्रेष्ठ, जिवकान्त काफ्ले र कृष्णदेव भण्डारी  निर्वाचित भएका छन् ।

त्यसै गरी खस आर्यतर्फ अनिता बराल, मीरा भण्डारी, हरिकला अधिकारी (पाण्डेय), हरि प्रसाद अर्याल, तिलकराम ज्ञवाली, नारायण प्रसाद खनाल, रघुनाथ घिमिरे, आदिवासी जनजातितर्फ बेगम कुमारी श्रेष्ठ, माम कला गलामी थापा, डोल बहादुर थापा, झपट बहादुर गुरुङ, मधेशीतर्फ प्रियंका सिंह शाही, शिला पासी, साधना धवल, चन्द्रभावती लोध, प्रेम नारायण कुर्मी चौधरी, अनुप कुमार यादव, बैजनाथ पाठक र राजकुमार यादव निर्वाचित भएका छन् । 

दलिततर्फ अमरावती कोरी, राम किसन वि.क., कमला नेपाली, थारुतर्फ सुनिता देवी चौधरी, गोरखनाथ थारु, दिल बहादुर चौधरी, मुस्लिमतर्फ साबरु निशा, तौलन मुसलमान र अपांगतर्फ लाल बहादुर गुप्ता निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ हुमनाथ अधिकारी र प्रदेश अधिवेशन प्रतिनिधि (अपांग) तर्फ राजकुमार चौधरी निर्विरोध निर्वाचित निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।.