२०८२, आश्विन ७ गते

Sep 23 2025 | २०८२, आश्विन ७ गते

सवारी दुर्घटनामा माओवादी केन्द्र रुपन्देही इञ्चार्ज बन्जाडेको मृत्यु

बुधवार , मंसिर ८, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, ८ मंसिर ।

    नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इञ्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणि’ को सवारी दुर्घटनाबाट निधन भएको छ ।
    पार्टीको कार्यक्रममा भाग लिएर दाङको भालुवाङबाट फर्किदै गरेका बन्जाडेलाई रुपन्देहीको जितगढीमा बसले ठक्कर दिएको थियो । 

    मंगलबार साँझ बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएपछि घाइते भएका बन्जाडेको बुटवलस्थित सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुधबार बिहान साढे बजे टंकमणीको निधन भएको अस्पतालले जनाएको छ ।

    दुर्घटना लगत्तै अस्पताल बुटवलस्थित सिटी अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा बिहान मृत्यु भएको हो । विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका बन्जाडे अखिल क्रान्तिकारीको केन्द्रिय महासचिव समेत भएका थिए ।