२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को सभापतिमा हरि लम्साल विजयी

बुधवार , मंसिर ८, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल, ७ मंसिर ।

    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन । मंगलबार सम्पन्न निर्वाचनमा १६० मत अन्तरले पार्टीको संस्थापन ईतर समुहका लम्साल विजयी भएका हुन ।

    सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धी काजिमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले बताए ।

    त्यसै गरी सचिव पदमा श्रेष्ठ समूहका उम्मेदवार प्रजापाल गिरी र लम्साल समुहबाट बिमलराज भट्टराई निर्वाचित भएका छन । सचिवमा निर्वाचित श्रेष्ठ समूहका गिरीले ४२९ मत र लम्साल समूहबाट निर्वाचित भट्टराईले ३६८ मत प्राप्त गरेका छन् ।

    सह–सचिव पदमा लम्साल समूहका मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मतसहित विजयी भएका छन् । यता महाधिवेशन प्रतिनिधिमा भने मिश्रित परिणाम आएको छ ।