२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को मतदान आज बिहान १० बजेदेखि हुँदै

मंगलवार , मंसिर ७, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ७ मंसिर ।
    नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ को मतदान मंगलबार (आज) बिहान १० बजेदेखि सुरु हुने भएको छ ।

    सोमबार स्थगित भएको मतदान बिहान १० बाट अपरान्ह ३ बजेसम्म हुने जिल्ला निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीका निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए ।

    ‘आज १० बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ, त्यसको लागि व्यवस्थापन गर्दैछौं, निर्वाचन अधिकृत घिमिरेले खबरपात्रोसंग भने ।’