२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

भैरहवामा कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको रौनक (फोटोफिचर)

सोमवार , मंसिर ६, २०७८

भैरहवा, ६ मंसिर ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन भइरहेको छ ।  त्यसैक्रममा रुपन्देही क्षेत्र नम्बर ३ मा पनि अधिवेशनको रौनक छ । यो क्षेत्रमा हालमा क्षेत्रीय सभापति मात्रिका प्रसाद यादव र क्षेत्रीय सचिव सुशील गुरुङले प्रतिष्पर्धा गर्दैछन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका यादव र पार्टी सभापति शेर बहादुर देउवा समूहका सुशिल गुरुङले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । त्यस्तै महाधिवेशन प्रतिनिधिमा गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणका भाइ रामकृष्ण खांण, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल लगायतले महाधिवेशन प्रतिनिधिमा उम्मदेवारी दिएका छन् ।

मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन । भैरहवास्थित कांग्रेस पार्टी कार्यालयमा केही बेरपछि हुने मतदानका कार्यक्रम नजिकिदै गर्दा कांग्रेस नेता कार्यकर्ताले प्रचारप्रसारलाई तीव्र पारेका छन् । यो क्षेत्रमा ६ सय बढी मतदाता रहेका छन् ।

congress 3 .jpg

हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मङ्सिर ३ गतेदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ । 

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते अर्थात आजका लागि निर्धारण गरिएको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मंसिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ ।


congress 1 .jpgcongress 4.jpgcongress 5.jpgcongress 9.jpgcongress 10 .jpgcongress 7 .jpgcongress 8.jpg