२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

कांग्रेस महाधिवेशन : रुपन्देही ५ मा वसिउल्लाह मुसलमानसहित सबै निर्बिरोध

सोमवार , मंसिर ६, २०७८

भैरहवा ६ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीको क्षेत्र नम्बर ५ को सभापतिमा वसिउल्लाह मुसलवान निर्वाचित भएका छन्। 
जिल्लाका अन्य क्षेत्रमा पार्टी भित्र दुईबटा समुह बनाएर मतदान चलिरहेका बेला क्षेत्र नम्बर ५ मा भने निर्विरोध नेतृत्व चयन भएको हो। सोमबार सम्पन्न पार्टीको अधिवेशनबाट क्षेत्र नम्बर ५ मा सभापतिमा वसिउल्लाह मुसलमान सहित पदाधिकारी नै निर्बिरोध निर्वाचित भएका हुन।

क्षेत्रीय सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्बिरोध निर्वाचित भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले जानकारी दिए।

त्यस्तैगरि रुपन्देहीको क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनीधि र क्षेत्रीय सदस्य समेत सर्वसम्मत रुपमा चयन भएको छ। यसअघि सम्पन्न रूपन्देहीको सो निर्वाचन क्षेत्र अन्तर्गतको प्रदेश सभा क्षेत्रीय अधिवेशन पनि निर्वरोध नेतृत्व चयन गरेको थियोे ।

सो निर्वाचन क्षेत्र कांग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत कुमार शाहको निर्वाचन क्षेत्र हो।