२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

जनउत्थान साकोसको आयोजनामा रक्तदान

आइतवार , मंसिर ५, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ५ मंसिर ।
    जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा–१५ कोटिहवा, रुपन्देहीको आयोजनामा शनिबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    जनउत्थान साकोस अन्तर्गत सिस्टर्स क्लबको आयोजनामा भएको ३५ औं खुल्ला रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेको सहकारीका सचिव सरु रानाले बताइन् । संस्थाले गर्ने सामाजिक क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम गरिएको उनले जानकारी दिइन् ।

    कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले जनउत्थान साकोसले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको बताए ।

    संस्थाले वर्षको ३ पटक साउन, मंसिर र चैत महिनामा नियमित रुपमा गर्दै आएको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहदै आएको साकोसका सचिव सरु रानाले बताइन् ।

    सहकारीका उपाध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता, सञ्चालक समिति सदस्य निल प्रसाद पुनको स्वागत मन्तव्य तथा सचिव सरु रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।